राजधानी युवा क्लबले सौन्दर्यकरणका लागि सडकको दुबैतर्फ गर्यो वृक्षारोपण

राजधानी युवा क्लबले सौन्दर्यकरणका लागि सडकको दुबैतर्फ गर्यो वृक्षारोपण

विराटनगर । राजधानी युवा क्लब विराटनगर –३ ले सामाजिक उतरदायित्व अन्तर्गत दुईसय भन्दा बढी विभिन्न प्रजातीका विरुवाहरु सडकका छेउमा रोपेको छ । कोशी प्रदेशको राजधानी विराटनगरको मुख्य प्रवेशद्वार ढाटदेखि पूर्व करिव ५ सय मिटर सडकको उत्तर र दक्षिणतर्फ विभिन्न प्रजातीका दुईसय भन्दा बढी विरुवा रोपेको हो ।

विराटनगर महानगरपालिकाको सडक सौन्दर्यकरण गर्ने अभियानसँगै राजधानी युवा क्लबले कोशी राजमार्गको क्लबसम्म जाने बाटोलाई हरियाली सौन्दर्यकरण अभियान थालेको क्लबका अध्यक्ष राजु ढकालले बताएका छन् । विरुवा बढेसँगै सडकमा हरियाली हुने, अक्सिजनको मात्रा बढी हुने, जोसुकै खेलाडी पनि सडकमा अभ्यास दौडका लागि उत्सुक हुो, अरुभन्दा फरक क्लब र टोल बनाउने लक्ष्य राजधानी युवा क्लबले राखेको क्लबका संस्थापक तथा वरिष्ठ उपाध्यक्ष टेकबहादुर निरौलाले जानकारी दिए ।

प्रदेशको राजधानी विराटनगर छिर्ने मूल गेटमै दुई दर्जन ठूला ड्रमहरु माथि २० फिटदेखि ३० फिट उचाइ रहेको नेपाली झण्डा फर्फराइएको छ । जसले नेपालका विभिन्न ठाउँबाट कोशी प्रदेशको राजधानी छिर्नेहरुलाई मूल गेटमै स्वागत पाएको अनूभूती दिलाएको छ । प्रदेश सरकारले गर्नुपर्ने काम राजधानी युवा क्लबले उदाहरणीयरुपमा गरेर देखाएको भन्दै स्थानीय वडाबासी हरि केसीले प्रतिक्रिया दिएका छन् ।यो अभियानमा, क्लबका पदाधिकारीहरु, संस्थापक व्यक्तित्वहरु, क्लबका आजीबन सदस्यहरु, विराटनगर महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु,खेलाडीहरु, स्थानीयबासी,युवा,पत्रकारलगायतको सक्रिय सहभागिता रहेको थियो । मोरङ जिल्लामा सानाठूला गरेर दुई दर्जन भन्दा बढी ब्याडमिन्टन खेल्ने क्लबहरु छन् । ती मध्ये कोशी प्रदेशको राजधानी विराटनगरभित्र आधा दर्जन सुविधा सम्पन्न ब्याडमिन्टन हलहरु छन् । ती मध्ये प्रदेश सरकार र संघीय सरकारले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गर्दा यो हल प्रयोग गर्न सक्ने गरी सुविधा सम्पन्न हल बनाइएको क्लबका कार्यकारी सदस्य दिपक निरौलाले बताए ।

यस हलभित्र ब्याडमिन्टन खेल्नका लागि दुईवटा अन्तर्राष्ट्रिय स्तरको कोर्ट, भुईँ सतहमा उठाइएको म्याट र लाइन गएपनि उज्यालो रहने गरी लाइटिङ्को व्यवस्था गरिएको क्लबका संस्थापक स्थानीयबासी योगेन्द्र शर्माले जानकारी दिएका छन् । यसैगरी विहानै आउने खेलाडीलाई तातोचिसो पानी प्रयोग गर्नका लागि व्यक्तिगत तर्फबाट क्लबका कार्यकारी सदस्य कृष्ण विष्टले विगत वर्षहरु देखि नै निःशुल्क सहयोग गरिरहेका छन् ।

यस क्लबमा नेपाल प्रहरीका उच्च पदस्थ व्यक्तित्वहरु, संघीय तथा प्रदेश सरकारका उच्च पदस्थ व्यक्तित्वहरु, संबैधानिक निकायका व्यक्तिहरु, सरकारी निबृतिभरण पाएका व्यक्तित्वहरु, सञ्चारकर्मीहरु, प्रदेश सरकार बहालवाला मन्त्रीहरु, प्रदेश सांसदहरु ब्यामिन्टन खेलिरहेका छन् ।

ब्याडमिन्टन क्बलले बेलाबेलामा रक्तदान, होली विशेष कार्यक्रम, तीज विशेष कार्यक्रममा सक्रिय सहभागिता जनाएर सहयोग गरिरहेको क्लबका अध्यक्ष राजु ढकालले बताए । केही समयभित्रै क्लबभित्र जिम खाना, बैठक हललगायत प्रयोगमा ल्याउने योजना रहेको अध्यक्षले बताए । योजना सफल बनाउन सबैले साथ सहयोग गर्न अपिल गरेका छन् ।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.