विराटनगर । नेपाली कांग्रेस ५ नम्बर क्षेत्रीय समितिले घरदैलो अभियान शुरु गरेको छ।
बिहिबारबाट शुरु भएको घरदैलो अभियान क्षेत्र नम्बर ५ अन्तर्गत पोखरिया, बुधनगर, मझारे, सिसवनी जहदा लगायतका स्थानमा भएको हो । विराटनगरका सबै वडालाइ लक्षित गरि भएको घरदैलो अभियानमा सांसद अमृत अर्याल सहभागी हुनुभएको थियो ।
सांसद अर्यालले स्थानीय तहको निर्वाचनका विषयमा जनताले बढी चासो व्यक्त गरेको बताउनुभयो । अभियानका क्रममा सञ्चालित अन्तरक्रियामा स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन, विकास निर्माणलगायतका विषयमा सहभागीले चासो राखेका थिए । सांसद अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै निर्वाचनका लागि सबैलाइ तयार रहन आग्रह गर्नुभयो । अर्यालको अग्रसरतामा ३ वर्षमा ५ नम्बर क्षेत्रमा ६० करोडभन्दा बढीका योजनाहरू सञ्चालन भएको बताइएको छ ।