कांग्रेस नेता डा. शेखर कोइरालाले समूदायलाई पार्टीगत रुपमा अघि बढाउन नहुने बताउनुभएको छ ।
बिराटनगरमा आयोजित थारु कल्याण कारिणी सभा मोरङको भवन निर्माण योजना सार्वजनिकिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।
विभिन्न समूदायलाई पार्टीगत रुपमा छुट्याउने प्रबृतिले समूदायको समग्र उन्नती र विकासमा अषर पुग्ने उहाँको भनाइ थियो । राज्यको सबै अंगमा थारु समुदायको प्रतिनिधित्वका लागि थारु समुदाय पनि एकजुट भई लाग्नुभर्ने बताउनुभयो । थारु समुदायमा आफ्ना आन्तरीक समस्या बाहीर नल्याउने प्रवृत्ति रहेकाले समूदायको बिमतिका कुरा बाहीर आउन नसकेको उहाले बताउनुभयो ।
थारु कल्याणकारिणी सभा मोरङको भवन निर्माणका लागि डा कोइरालाले संसद कोषबाट १० लाख सहयोग प्रदान गर्नुभएको छ । यस्तै सभाका केन्द्रिय उपाध्यक्ष प्रदिप कुमार भगतले भवन निर्माणका लागि आफ्नो १ कठ्ठा जमिन प्रदान गर्नुभएको छ। कार्यक्रमका सहभागिहरुले थारुहरुको पहिचान, पहुंच र प्रतिनिधित्वका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए। ।
Leave a Reply