विराटनगरको मेयरमा को ? यस्तो छ चर्चा ।

विराटनगर । आउँदो स्थानीय निर्वाचनमा विराटनगरको मेयरका लागि कसलाई घोषणा गर्ने भन्ने बिवाद बिभिन्न पार्टी भित्र चर्को रुपमा चलिरहेको छ।
विराटनगरको मेयरका लागि नेपाली कांग्रेसबाट भिम पराजुली, नागेश कोइराला, फूलकुमार लालवानी, मनोज वस्नेत, विश्वनाथ रिजाल लगायतको नाम चर्चामा रहेको छ ।

उपमेयरमा विन्दिया कार्की, सुनिता घिमिरे, रीता पोखरेलको नाम छ । एमालेबाट महेश रेग्मी, विनोद ढकाल, पर्शुराम वस्नेत, रामलाल शाहको नाम रहेको छ।

एमालेको उपमेयरमा सावित्रा रेग्मी, विमला घिमिरे, सरस्वती खरेल आदिको नाम आएको छ। माओवादी केन्द्रले मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाइ घोषणा  गरिसकेको छ ।

राप्रपाबाट मेयरमा माधवप्रसाद आचार्य, दिनेश कुमार शाह, प्रल्हाद प्रसाद साह, हरि दाहाल र विश्वमोहन थापाको नाम आएको छ। यस्तै उपमेयरमा मीरा गुरुङ, उमा थापा, शोभा श्रेष्ठको नाम रहेको छ।

By विराट खबर

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *